काङ्ग्रेसले महाधिवेशन उद्घाटनअघि र्‍याली नगर्ने : उद्घाटन कार्यक्रम २ घण्टामा सक्ने

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन (आज) शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ। दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। तर काँग्रेसले उद्‍घाटन अघि र्‍यालीको आयोजना नगर्ने भएको छ।

काठमाडौंका सभापति कृष्ण सबुज बानियाँका अनुसार ट्राफिक अस्तव्यस्त हुने भएको हुँदा र्‍याली नगरिने बताएका हुन्।महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ।उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुनेछन्। तर, एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले आउने/नआउने टुंगो छैन।महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।उद्घाटन कार्यक्रम २ घन्टा चल्नेछ।उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ। बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति