संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन

काठमाडौँ, २४ मंसिर । महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ।शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन् । आकांक्षीको सूची लामो हुँदा देउवालाई उम्मेदवार छान्न हम्मे हम्मे परेको हो।रामचन्द्र पौडेल नेतृत्वको संस्थापन इतर पक्ष चार दिनदेखि छलफलमा जुटे पनि सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन। इतर पक्षबाट सभापतिको आकांक्षा राखेका पौडेलसँगै, प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।

गणेशमान परिवारले सधैँ त्याग मात्रै गरेकाले यसपटक आफ्ना लागि अरूले छाड्नुपर्ने भन्दै प्रकाशमानले सभापतिको उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। उनले बबरमहलस्थित यलम्बर पार्टी प्यालेसमा अवधारणापत्र सार्वजनिक गर्दै छन्। नेता शेखर कोइरालाले पनि बिहीबारबाटै प्रचार अभियान थालेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘एकपटक, यसैपटक’ भन्दै सभापतिका लागि प्रचार अभियान सुरु गरेका हुन्। दुवै नेताले सभापतिका लागि प्रचार गरेपछि पौडेल बिहीबार दिनभरि कसैको सम्पर्कमा आउन चाहेनन्। कोइराला र सिंह सहमतिमा आउन नसकेको भन्दै उनले आफूनिकट नेताहरूसँग चित्त दुखाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति