कांग्रेस महाधिवेशन : यस्तो छ मतगणनाको तयारी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतगणना सभापतिका उम्मेदवारबाट हुने भएको छ।मतदान सकिएको केही घण्टाभित्रै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ। मंसिर २५ गते उम्मेदवारको मनोनयन हुँदैछ। निर्वाचन प्रक्रिया मंसिर २६ गते हुनेछ। मतदान सकिएलगत्तै सभापति उम्मेदवारको मतगणना सुरु गर्ने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए । कांग्रेसको महाधिवेशनमा ४७ सय प्रतिनिधि सहभागी हुँदैछन्।

उनीहरु नै कांग्रेसका मतदाता हुन्। उनका अनुसार पहिलो चरणको मतगणनाबाटै सभापतिमा कसैले बहुमत (पचास र १ मत बढी) नल्याए दोस्रो चरणको निर्वाचन हुने भएकोले सभापतिबाट मतगणना गर्न लागिएको हो।‘मतदान सकिएको केहीबेरमा सभापतिबाट मतगणना सुरु गर्छौँ,’ घिमिरेले भने, ‘पहिलो राउन्डमा कसैले विधानअनुसार ५० र १ बढी ल्याए अन्य पदाधिकारीको मतगणना सुरु हुन्छ। यदि कसैको ५० र १ मत नल्याएमा सेकेन्ड राउन्डको चुनाव तत्काल सुरु गर्छौँ।’

दोस्रो राउन्डको नतिजा आएपछि पदाधिकारीको गणना सुरु गरिनेछ। यस आधारमा कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ नेतृत्व सुरुमा सार्वजनिक हुनेछ। कांग्रेसको नयाँ नेतृत्वको लागि वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ लगायतका आकांक्षी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति