प्रकाशमानले खोज आफ्नै नाममा सहमति

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पौडेल पक्षबाट सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । सो भेटमा नेतात्रयले साझा उम्मेदवार तय हुन नसके जित्न नसक्ने भएकाले सहमति खोज्नुपर्ने बताएका थिए ।सिंहले पनि आफू सहमतिका लागि तयार रहेको बताए ।

तर सभापतिमा आफू नै उठ्नुपर्ने उनको अडान छ । आफ्नो नाममा किन सहमति हुन सक्दैन भन्ने प्रश्न गर्दै उनले भनेका छन्, ‘रामचन्द्रजीलाई मैले १३ औं महाधिवेशनमै छाडिसकेँ । शेखर कोइरालालाई सभापति छाडेर कसरी न्याय हुन्छ ?’आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेल बाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको तर्क छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति