काठमाडौं, २३ मंसिर । नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा भएको टिप्पणी गरेका छन् । विहिबार (आज) आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका हुन् ।‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो ।
कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ नेता ज्ञवालीले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला ।
अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला।’यस्तै उनले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गर्दै उनले व्यक्ति केन्द्रीत आन्दोलनले न्यायालय सुधार नगर्ने पनि बताए ।
‘हाम्रो पार्टी न्ययालयबाट पीडित पार्टी हो’, ज्ञवालीको भनाइ छ । उनले अदालतभित्रको विवाद न्ययाधीशबीचका दुई गुटको झगडा जस्तो भएको टिप्पणी गरे ।उनले नेकपा एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा पक्षमा रहेको भन्दै न्यायलले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यताबाट एमाले विचलित नभएको दावी समेत गरे ।
उनले न्यायलयमा हुने जुनसुकै विकृति र विसंगतिको विरोधमा एमालेको समर्थन रहने भएपनि आज भएको आन्दोलन न्यायालय सुधारमा अन्तरनिहित नभएको बताए । उनले एकजना व्यक्ति हटाएर र अर्कोलाई राखेर न्यायलयमा सुधार नहुने भन्दै साउन २८ को सर्वोच्चको फैसला नै विवादको जड भएको बताए । यस्तै नेता ज्ञवालीले आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद बैठक अहिलेकै अवस्थामा चल्न नसक्ने बताए ।
प्रतिक्रिया