काँग्रेस बैठक सुरु, पौडेल र सिंह अनुपस्थित

काठमाडौ, २३ मंसिर । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् । आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी भएको छ ।साथै १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको बताइएको छ ।आजकै बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्ने प्रस्ताव लैजाने गृहकार्यमा रहेको देउवा पक्ष बैठकमा वरिष्ठ नेता पौडेल र नेता सिंह अनुपस्थित भएपछि सो प्रस्तावबाट पछि हटेको बुझिएको छ । काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति