प्रदेश १ बाट ७३३ महाधिवेशन प्रतिनिधि (को-को आए हेर्नुहोस सूची)

काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसको यही साता सम्पन्न प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जित्यो । संस्थापनइतर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षमा उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका काँग्रेसका हस्तीहरुको गृह प्रदेशबाट आउने प्रतिनिधिको संख्या ७३२ जना रहेको छ । चुनावमा नेताहरुको प्रभावका साथै गुटगत रुपमा प्रतिनिधिको प्रतिनिधित्व हुने निश्चित छ ।काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार ताप्लेजुङ र पाँचथरबाट २७–२७ जना प्रतिनिधि सहभागी हुनेछन् । यस्तै इलामबाट ५३, झापाबाट १३२, संखुवासभाबाट २६, तेह्रथुमबाट २७, भोजपुरबाट २६, धनकुटाबाट २६ जना प्रतिनिधि सहभागी छन् ।

यस्तै मोरङका ६ निर्वाचन क्षेत्रबाट १५२ जना प्रतिनिधि चयन भएका छन् । यस्तै सुनसरीका ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि चयन भएका छन् भने सोलुखुम्बुबाट २८, खोटाङबाट २५, ओखलढुंगाबाट २७, उदयपुरबाट ५२ जना प्रतिनिधि चयन भएका छन् ।काँग्रेसको आन्तरिक जीवनमा सबैभन्दा बढी प्रभाव राख्ने कोइराला परिवारको एकछत्र प्रभाव रहेको प्रदेश १ मा यसपटक संस्थापन पक्षले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ । संस्थापन पक्षका ७, पौडेल–कोइराला पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।प्रदेश १ का १४ जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन् । झापामा सिटौला पक्षका सभापति छानिए । १४ औ महाधिवेशनमा प्रतिनिधि छनौटको अवस्था पनि बराबरीको अवस्था रहेको दावी गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति