माओवादी केन्द्रले ३३ विभागहरू गठन : समेटिए पूर्वन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि नेपाल बार अध्यक्षसम्म (को कहाँ सूचिसहित)

काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३३ विभागहरू गठन गरेको छ । यी विभागहरुमा पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वन्यायाधीशदेखि नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्षसम्म छन् ।पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवलाई माओवादी केन्द्रले आफ्नो निर्वाचन विभागको सदस्य बनाएको छ ।

डा. यादव दुई कार्यकाल निर्वाचन आयोगको आयुक्त र प्रमुख आयुक्त भएका थिए ।माओवादी केन्द्रले हालै जारी गरेको आन्तरिक सर्कुलरको बुँदा ८ मा निर्वाचन विभाग गठन गरिएको उल्लेख छ । उक्त विभागको अध्यक्ष खिमलाल देवकोटा छन् भने उपप्रमुख पद रिक्त छ । निर्वाचन विभागको ९ औं सदस्यमा डा. यादवको नाम उल्लेख छ ।

उनको नामसँगै कैफियतमा ‘पूर्व प्रमुख निर्वाचन आयुक्त’ भनी लेखिएको छ । पूर्व आयुक्त सुधीर शाहलाई पनि माओवादीले निर्वाचन विभागको सदस्य बनाएको छ ।नेपालको संविधानको धाग २४ मा निर्वाचन आयोगसम्बन्धी व्यवस्था छ । उच्च नैतिक चरित्रको व्यक्ति हुनुपर्ने भनी निर्वाचन आयुक्त र प्रमुखको योग्यता किटान गरिएको छ ।

अनि नियुक्तिको बेलामा कुनै दलको सदस्य हुन नहुने व्यवस्था गरिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरु एकपटक पदमा पुगेपछि दोहोर्‍याएर त्यही पदमा नियुक्त हुन र अन्यत्र सरकारी पदमा समेत नियुक्ति नपाउने संवैधानिक व्यवस्था छ । तर संविधानले अवकाशपछि राजनीतिमा सक्रिय हुन बन्देज भने लगाएको छैन ।

संविधानमा नै निर्वाचन आयोगका पदाधिकारीहरु कुनै राजनीतिक पदमा रहन बाधा हुनेछैन भन्ने व्यवस्था छ । तर निर्वाचन आयोगको नेतृत्वमा बसेको र राजनीतिक रुपमा तटस्थ हुनुपर्ने संवैधानिक निकायका पूर्वपदाधिकारीलाई माओवादी केन्द्रले आफ्नो विभागको सदस्यमा नियुक्त गरेको हो ।

पूर्वन्यायाधीश र नेपाल बार अध्यक्षसमेत

माओवादी केन्द्रको कानून, न्याय तथा मानव अधिकार विभागको सदस्यमा पूर्वन्यायाधीश भी।चौलागाई समेत छन् । उनी उच्च अदालत पाटनका पूर्वन्यायाधीश हुन् ।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ पनि माओवादी केन्द्रले गठन गरेको कानून विभागमा समेटिएका छन् । कानून, न्याय तथा मानव अधिकार विभागको प्रमुखमा मुक्तिनारायण प्रधान छन् । प्रधान पूर्वमहान्यायाधीवक्ता हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति