मिनेन्द्र रिजालले भने –म महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टी महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन्।
आफू १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने उनले बताए। ‘म महामन्त्री उठ्ने हो’, उनले भने,‘महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ।’ उनी संस्थापन इतरबाट महामन्त्री उठ्न लागेका हुन्। रिजाल रक्षा मन्त्री पनि छन्। संस्थापनइतर समूहबाट सभापतिमा सर्वसम्मत उम्मेदवार खोजी भइरहेको छ। महामन्त्रीमा भने यो समूहबाट रिजाल र गगन थापाले उम्मेदवारी दिने भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति