एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, नेताहरूको कार्यविभाजन यसरी गरिदै

काठमाडौं, २३ मंसिर । नेकपा एमालेले मंसिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ ।चितवनको सौराहामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको दशौँ महाधिवेशनपछि राजधानीमा केन्द्रीय कमिटीको दोस्रो बैठक बस्न लागेको हो ।

भक्तपुरको जर्मन हाउस पार्टी प्यालेसमा बस्ने बैठकका १५ वटा कार्यसूची तय भएकोे एमाले केन्द्रीय कार्यालय सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार सौराहामा सपथ लिन बाँकी रहेका केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, १० प्रतिशत केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, नेताहरुको कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन रहेका छन् ।त्यसैगरी जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण पनि सोही बैठकले गर्ने भएको छ । साथै पार्टीको विधान सम्पादन र नियमावली संशोधन गर्ने कार्यसूची समेत रहेको छ ।

सोही बैठकले नेताहरुको वरियताक्रम निर्धारण गर्ने र बैठक सञ्चालन कार्यविधि बनाउनुका साथै केन्द्रीय कार्यालय व्यवस्थापनका बारेमा समेत छलफल र निर्णय गर्नेछ ।दुई दिन बस्ने बैठकले महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान र जनसंगठनको सुदृढीकरण अभियानलाई पनि कार्यसूचीमा राखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति