भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

काठमाडौं, २२ मंसिर । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति