काठमाडौं, २२ मंसिर । कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो टिमबाट कस(कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न आफ्नो गुटको बैठक बोलाएका छन् ।
बूढानीलकण्ठस्थित देउवाको निजी निवासमा बस्ने बैठकमा देउवाले नेताहरूसँग परामर्श भइरहेको छ । तर निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् । सभापति पदका आकांक्षी निधिले भने, म संस्थापनको टिममा छैन ।
मलाई नबोलाउनु ठीकै हो । म गएको छैन। म आफ्नै तयारीमा छु।पौडेल समूहले सभापतिमा साझा उम्मेदवार उठाएको खण्डमा निधिले उम्मेदवारी चासोको विषय हुन सक्छ । निधि पनि सभापतिका लागि आफ्नो टिम बनाउने तयारीमा लागेका छन् । देउवा समूहबाट उपसभापति बनेका निधिले देउवालाई आफूलाई अघि सार्न आग्रह गर्दै आएका छन् । तर, देउवाले उनलाई सोधीखोजी गर्न छाडेपछि निधिले आफू एक्लै प्रतिस्पर्धामा जाने तयारी अघि बढाएका छन् ।
देउवा पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउदलगायत आकांक्षी छन् ।
प्रतिक्रिया