काठमाडौं, २२ मंसिर । पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने साझा उम्मेदवार तय गर्न भनेर आज (बुधबार) बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित आफूपक्षीय बैठकबाट खाना खान भनेर बाहिरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अचानक कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। चन्डोलस्थित सिटौला निवासमा पनि सिटौला पक्षले उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेलबारे छुट्टै बैठक राखेका छन्।
आज एकसाथ संस्थापन (देउवा), संस्थापन इतर (पौडेल)र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक गरिरहेका छन्।
प्रतिक्रिया