काठमाडौँ, २१ मंसिर नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको कोभिड रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरु दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमित भएका नागरिकहरू अहिले पनि चिकित्सकको निगरानीमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो।
हिजो ओमिक्रोन पुष्टि भएका दुई जनाको कोभिड रिपोर्ट नेगेटिभ
प्रतिक्रिया