आन्दोलनरत कानुन व्यवसायी ओली भेट्न बालकोट जाँदै


काठमाडौं २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो । बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति