ओली प्रति नेपालको कडा टिप्पणी : विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु लेखेर सही गर्ने दिन आए

काठमाडौं, २० मंसिर । 

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार कटाक्ष गरेका छन्। खेलकुद महासंघ (समाजवादी) प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार झापाको दमकमा सम्बोधन गर्ने क्रममा नेपालले ओलीमाथि व्यंग्य गरेका हुन । उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए।ुविचार र सिद्धान्त सकियो। अब पिठ्युँमा टाटु लेखेर अध्यक्षले सही गर्ने दिन आएु, उनले भने, यस्तै भएर एमाले खत्तम भयो भन्ने लाग्यो। विचार र सिद्धान्तमा च्युत भयो, संस्कार पनि सकियो।अध्यक्ष एमालेमा कुनै लोकतन्त्र नभएको पनि जिकिर गरेका छन्। उनले एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा पनि दिएका छन्। त्यहाँ लोकतन्त्र छैन छलफल परामर्श हुँदैन। चितवनमा हामीलेकुम्भ मेला देख्यौँ। अनि तमासा पनि देख्यौँ। त्यहाँ सामूहिकताको समाप्ति भयोु उनले भने, सूर्य चिन्ह भएकाले वजन छ भन्छन् तर सूर्यमा ग्रहण लागिसकेको छ। अब कलम आएको छ। कलममा शक्ति छ। यसले जनताको आवाज बोक्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति