काकाठमाडौं, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ ।
सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।
प्रतिक्रिया