पाँच दलीय गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो : प्रधानमन्त्री देउवा

काठमाडौं, २० मंसिर ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् ।सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुनावसम्मका लागि मात्र भएको बताएका हुन् ।त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए । ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्यसपछि गठबन्धनलाई निरन्तरता दिने नदिने भन्ने विषयमा छलफल भएको छैन ।’राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ । १ जना राष्ट्रपतिबाट मनोनित हुनेछ ।देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको बताएका छन् ।

यसैवीच देउवाले पार्टीको १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ ।

उनले भनेका थिए– यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।”प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए ।“महाधिवेशन प्रतिनिधिसँगै नजिकका नेता कार्यकर्ता आउनेछन्,” देउवाले भने, “सकेसम्म कमलाई बोलाउने प्रयास गरेका छौँ ।”
देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति