तनहुँमा गोली लागेर युवकको मृत्यु

काठमाडौं, २० मंसिर ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए। पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति