काठमाडौँ, २० मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित भएका छन् ।पार्टीको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट पुन विजयी भएका हुन्।
यससँगै लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।निर्वाचन समिति सदस्य अब्दुल रहमानका अनुसार पुनका प्रतिद्वन्दी सभापति शेरबहादुर देउवा समूहका भरतकुमार शाहले पराजित भएका छन् ।उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ , महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य विजयी भएका छन् ।
सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् ।प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना शुरू भएको थियो ।
निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो ।
प्रतिक्रिया