कांग्रेसको प्रदेश १ सभापतिमा सिटौला समूहका थापा विजयी


काठमाडौँ, २० मंसिर । नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् ।१४ औ महाधिवेशन अन्तर्गत आज बिहान साढे ३ बजे निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ पाएर निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला हुन् ।

उनका प्रतिद्वन्द्धी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे । सभापतिमा शुरुआतदेखि नै घिमिरेले अग्रता लिएकामा अन्तिम समयमा थापा दुई मतले जित हासिल गर्न सफल भएका हुन् । उनले घिमिरेलाई दुई मतले पछि पारेका हुन् ।

कार्यसमिति पदाधिकारीमा पनि संस्थापन समूहकै वर्चश्व छ । महामन्त्रीमा संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्।

यस्तै सह(महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।

यस्तै सह( महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति