संसद् अवरुद्ध गर्नुको कुनै औचित्य छैन – भीम रावल

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका नेता भीम रावलले संसद् अवरुद्ध गर्ने आफ्नै पार्टीेले गरेको निर्णयको विरोध गरेका छन्। हालै सम्पन्न दसौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पराजित रावलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले संसद् अवरुद्ध गर्नु ठीक नभएको बताएका हुन्।

माधव नेपाललगायत तत्कालीन १४ जना एमाले सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई सांसद पदबाट बर्खास्त नगरेको भन्दै निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको एमालेले आफ्नो महाधिवेशनपछि पनि यसलाई निरन्तरता दिने बताएको छ। यसै सन्दर्भमा एमालेकै एक नेता भीम रावलले भने असहमति व्यक्त गरेका हुन्। संसद् देश र जनताका पक्षमा बहस गर्ने र आवाज उठाउने थलो भएको उल्लेख गरेर उनले त्यसमा अवरोध गर्नु उचित नहुने संकेत गरेका छन्। ‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम/कारबाही हुन दिई संसद अवरुद्ध गरेको भन्नुको औचित्य छैन’, रावलले आइतबार साँझ सामाजिक सञ्जालमा लखेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो, नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो। अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर भनेझैं ठहर्छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति