राप्रपा महाधिवेशन: अध्यक्षमा बाबु हारे, केन्द्रीय सदस्य जितिन् छोरीले

काठमाडौं, १९ मंसिर । राप्रपाको अध्यक्ष पदमा कमल थापा हारे पनि उनकी छोरी प्रतिष्ठा थापा भने केन्द्रीय सदस्य पदमा विजयी भएकी छन्।महिला खुलातर्फ उनी २३औं नम्बरमा केन्द्रीय सदस्य बन्न सफल भएकी हुन्। आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार प्रतिष्ठा १५३० भोटका साथ राप्रपाको केन्द्रीय सदस्य बनेकी हुन्। यसअघि उनी कुनै कमिटीमा थिइनन्, एकैचोटि केन्द्रीय सदस्य बनेकी हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति