काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका छन् । लिङ्देनले १८ सय १७ मत पाए भने थापाले १६ सय १७ मत पाएका छन्। पदाधिकारीमा भने थापा पक्षको वर्चस्व छ ।
पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका हुन । उनले दुई हजार ५ सय २१ मत पाएका राप्रपाको निर्वाचन आयोगले जनाएको छ । यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर विजयी भएका छन भने थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी भएका छन् । महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी भएकी छिन् । उनले १ हजार ६ सय ८९ मत पाएकी छिन् ।
महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी भएका छन् भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी भएका हुन । यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी भएकी छन् भने उनले दुई हजार ८ मत पाएकी छिन् लिङ्देन पक्षकी रेखा थापा भने पराजित भएकी छिन् । थापाले १ हजार ६ सय ४० मत ल्याएकि छन् ।
प्रतिक्रिया