आज कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

काठमाडौं, १८ मंसिर ।   नेपालमा थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २३८ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ६ हजार ७९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।५ हजार २९५ जनाको पिसिआर परीक्षण र १५०२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्।३९२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।काठमाडौं उपत्यकामा १५८ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति