काठमाडौँ, १८ मंसिर । राप्रपा महामन्त्रीको उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाले अध्यक्षका उम्मेदवार कमल थापाले एउटी महिलालाई प्रियसी बनाएर बाँकी महिला नेतृलाई बन्देज लगाउन खोजेपछि विद्रोह गर्नुपरेको बताएकी छन् । शाही कमल थापा प्यानलबाट उम्मेदवार छिन् भने रेखा राजेन्द्र लिङ्देनको प्यानलबाट ।
कुन्ति शाहीलाईमात्र कमल थापाले सधैं अवसर दिएको भन्दै रेखा कटाक्षमा उत्रिएकी हुन् ।राप्रपा नेतृत्वका लागि भृकुटीमण्डपमा मतदान चलिरहेका बेला पत्रकारहरुसँग कुरा गर्दै रेखाले कमल थापा अनुदार शासक भएको भन्दै राजेन्द्र लिङ्देनको राजनीतिक जित भइसकेको टिप्पणी गरिन् ।मतदाताहरुलाई छेउमा राखेर उनले भनिन् – राप्रपामा कुनै एउटा नेतालाइ खुसी बनाउँदैमा पद पाइने रहेछ, उसले मात्रै अवसर पाउनेविरुद्ध मेरो विद्रोह हो ।
उहाँको लागि एउटै नेतृ प्रियतम, प्रियसी, प्रियपात्र हुन्छ भने अरु नेतृ चुप लागेर बस्ने ? हामीलाई किनारा लगाउने ?यो हुन सक्दैन ।कमल थापाका कारण पार्टी ३३ सिटबाट १ सिटमा खुम्चिएको आरोप समेत रेखाले लगाइन् । उनले कुनै धाँधली र गडबडी नभएमा आफ्नो प्यानलले चुनाव जित्ने दावी समेत गरेकी छन् ।रेखा थापालाई राजनीतिबारे थाहा छैन भनेर कुन्ति शाहीले दिएको अभिव्यक्तिप्रति समेत रेखाले आपत्ति जनाइन् ।उनले एउटा नेताको चाकडी गरेर कोठे राजनीति गरेको आरोप कुन्तिमाथि लगाएकी छन् । महामन्त्री पदका लागि कुन्तिकुमारी शाही र रेखा थापाबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतिक्रिया