नेपालले प्यालेस्टाइनको पक्षमा भोट गरेपछि देउवासँग इजरायलको आपत्ति

काठमाडौं, १८ मंसिर । नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि इजरायल नेपालप्रति रुष्ट बनेको छ । काठमाडौंस्थित इजरायली राजदूत हनान गोडेरले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेर आपत्ति प्रकट गरेका हुन् ।बुधबार न्यूयोर्कमा भएको भोटिङमा नेपालले इजरायलको विरुद्धमा मतदान गरेको थियो ।

बहुपक्षीय मंचमा नेपाल किन इजरायलविरुद्ध उभिएको भन्दै नेपालप्रति रोष व्यक्त गरेका हुन् ।नेपाल र इजरायलबीच द्धिपक्षीय प्रगाढ सम्बन्ध रहेको बताउँदै राजदूत गोडेरले बहुपक्षीय मामिलामा नेपाल तटस्थ नरहेर इजरायलको विरुद्धमा अघि बढेको बताउँद यसले परराष्ट्र नीति र सोचमै असर पर्ने चेतावनी समेत दिए ।‘नेपालले इजरायललाई पहिले लगाएको गुन हामीले बिर्सेका छैनौं तर किन बारम्बार घाउमा नून छर्किने काम मात्र भैरहेको छ’ देउवालाई राजदूतले गरेको गुनासोबारे स्रोतले भन्यो ।भारत मतदानमा तटस्थ रहेको बताउँदै राजदूत गोडेर नेपाल किन तटस्थ बस्न नसकेको हो भनेर प्रश्न गरेका थिए । नेपालसँगको मित्रतालाई बलियो तुल्याउन आफूले मिहेनत गरेपनि नेपालले राष्ट्रसंघमा आफूलाई फरक ढंगले प्रस्तुत गरेर आफ्नो ऊर्जा र इजरायलीको मस्तिष्कमा आघात पु¥याउने काम गरेको गोडेरको गुनासो थियो ।

इजरायललाई नेपालले सधैं समर्थन गरेको हेर्न हामी चाहन्छौं, तर त्यो अवसर नपाए पनि नेपाल आफ्नो कूटनीतिक नीतिमा खरो उत्रे हुने थियो । नेपालले भन्दै आएको विषय हो– असंलग्न परराष्ट्र नीति तर इजरायलको विपक्षमा भोट गरेपछि कसरी असंलग्न नीति भयो । इजरायको पक्षमा भोट हाल्न पर्ने स्थानमा असंलग्न भन्ने तर विपक्षमा भोट हाल्न तम्सिहाल्ने यो कुन तवरको कूटनीति हो बुझ्न गाह्रो भएको, उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति