नागरिक सुरक्षामा प्रहरीको महत्वपुर्ण भुमिका रहने : दैलेख प्रहरी प्रमुख साह

दैलेख, १८ मंसिर । दैलेख प्रहरी प्रमुख भवश्वेर साहले प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नारायण नगरपालिका ३ कालिकाटीमा आयोजना गरिएको हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत कार्यक्रममा शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीको महत्वपुर्ण भुमिका हुने बताएका छन।

बोल्नको लागी सक्ती चाहिदैन तपाई संग आट हुनुपर्छ ,लैङ्गिक हिंसा, दुर्व्यवहार महिलाविरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने डीएसपी साहले बताए ।

हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारदेखि दैलेखमा शुरु भएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु गरिएको हो ।हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने यो दिवस दैलेखमा पनि बिभिन्न कार्यक्रम गर्ने क्रम जारी छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान जिल्ला प्रहरी कार्यालय दैलेखको, आयोजनामा अन्य संघसंस्थाहरुले सहयोगमा गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, संघसंस्था,पत्रकार मानवअधिकारकर्मी, महिला अधिकर्मिहरुको सहभागिता रहेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति