कांग्रेसको प्रदेश अधिवेशन : कांग्रेसका तीनै समूह नेतृत्व लिन मैदानमा

काठमाडौँ, १७ मंसिर ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ। प्रदेश अधिवेशन सुरु भएसँगै कांग्रेसका तीनै समूह नेतृत्व लिन मैदानमा उत्रिएका छन्। प्रदेश कार्यसमितिको नेतृत्वका लागि मुख्यतया संस्थापनको नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रतिष्पर्धामा छ।

१३ औँ महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’ का रुपमा देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह पनि प्रदेश कार्यसमितिको नेतृत्व लिन प्रयासरत छ। प्रदेश कार्यसमितिको नेतृत्वका लागि यो समूहले नेता सिटौलाको गृह प्रदेश १ मा संस्थापनसँग तालमेल गरेको छ।

सिटौला समूहले प्रदेश १ मा संस्थापन समूहसँगको तालमेलमा झापाका निवर्तमान अध्यक्ष उद्धव थापालाई सभापतिका रुपमा अघि सारेको छ।

प्रदेश १ मा थापासँग चुनावी प्रतिस्पर्धाका लागि पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई मैदानमा उतारेको छ। संस्थापन समूहसँग प्रदेश १ मा सिटौला समूहले तालमेल गरे पनि बागमतीमा भने तीनवटै समूह प्रतिष्पर्धामा उत्रिएका छन्।

बागमती प्रदेश सभापतिका लागि संस्थापन समूहले पूर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, पौडेल समूहले नुवाकोटका निवर्तमान सभापति जगदिश्वरनरसिंह केसी र सिटौला समूहले पूर्व

रक्षामन्त्री भीमसेनदास प्रधानलाई अघि सारेको छ। गण्डकीमा संस्थापनले अर्जुनप्रसाद जोशीलाई र पौडेल समूहले शुक्रराज शर्मालाई उम्मेदवार बनाएको छ। यस्तै लुम्बिनी प्रदेशमा संस्थापन पक्षीय भरत शाह र पौडेल पक्षीय अमरसिंह पुन प्रतिष्पर्धामा छन्।

कर्णाली सभापतिका लागि पौडेल समूहले युवा नेता भुपेन्द्रजंग शाहीलाई अघि सारेको छ। त्यहाँ संस्थापन समूहबाट ललितजंग शाही अघि सरेका छन्।

सुदूरपश्चिम प्रदेशमा संस्थापनबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर सभापतिको प्रतिस्पर्धामा उत्रिने पक्का भएको छ। सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पौडेल समूहसँग सहमति हुने भनिए पनि त्यो सम्भव नभएको हो।

संस्थापनका केन्द्रीय सदस्यहरु एनपी साउद, वीरबहादुर बलायर रमेश लेखक, ईश्वरी न्यौपाने, रामजनम चौधरी तथा पौडेल समूहबाट केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डे

छलफलमा थिए। तर उनीहरुले सहमति जुटाउन सकेनन्। त्यहाँ संस्थापन समूहबाट कैलाली सभापति नरनारायण शाह ‘मनु’, अर्जुनजंग सिंह, हिमबहादुर रावल र पुष्प शाही पनि आकांक्षी थिए।

तर पौडेल समूहले त्यहाँ नाम टुंग्याउन बाँकी छ। पौडेल समूहबाट भरत खड्का, गोपाल गुरुङ र नारायण मिश्र आकांक्षी छन्। यहाँ मिश्रको सम्भावना बलियो छ।

यी हुन् उम्मेदवार

प्रदेश १

पौडेल समूह
सभापति– गुरुराज घिमिरे

संस्थापन
सभापति– उद्धव थापा

बागमती प्रदेश

पौडेल समूह
सभापति – जगदिश्वरनरसिंह केसी
उपसभापति – मोहनबहादुर बस्नेत (काठमाडौं)
उपसभापति – राजेन्द्र बुर्लाकोटी (चितवन)
महामन्त्री – कञ्चनचन्द्र बादे (काभ्रे)
महामन्त्री – माइकल रामचन्द्र अर्याल (मकवानपुर)
सहमहामन्त्री– जीवन डंगोल (काठमाडौं)
सहमहामन्त्री– वीरबहादुर तामाङ (रामेछाप)
सहमहामन्त्री– ऋषिराम घिमिरे (ललितपुर)

संस्थापन समूह
सभापति – इन्द्रबहादुर बानियाँ
उपसभापति – मदनकृष्ण श्रेष्ठ (भक्तपुर)
उपसभापति – धर्मराज गौतम (काठमाडौं)
महामन्त्री – राजु श्रेष्ठ (काठमाडौं)
महामन्त्री – तिलक रुवाली (धादिङ),
सहमहामन्त्री– हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
सहमहामन्त्री– महेन्द्र थिङ (नुवाकोट)
सहमहामन्त्री– निरु खड्का (ललितपुर)

सिटौला समूह
सभापति – भीमसेनदास प्रधान
उपसभापति – चन्द्र महर्जन (ललितपुर)
उपसभापति – परशुराम पोखरेल (बीपी संग्रहालय, सुन्दरीजल)
महामन्त्री – गोपीप्रसाद दवाडी (काठमाडौं)
महामन्त्री – सुरेश श्रेष्ठ (भक्तपुर)
सहमहामन्त्री– मोती मोक्तान (दोलखा)
सहमहामन्त्री– राजकुमार पाठक (धादिङ)
सहमहामन्त्री–……….. (….)

गण्डकी प्रदेश
संस्थापन समूह
सभापति – अर्जुनप्रसाद जोशी
उपसभापति – मेखलाल श्रेष्ठ (स्याङ्जा)
उपसभापति – नेत्र महत (म्याग्दी)
महामन्त्री – कुमार खड्का (कास्की)
महामन्त्री – ईश्वर पाण्डे (गोरखा)
सहमहामन्त्री – राजन पन्त (गोरखा)
सहमहामन्त्री – झुलबहादुर राना (तनहुँ)
सहमहामन्त्री – ओमकला गौतम (नवलपुर)

पौडेल समूह
सभापति शुक्रराज शर्मा

लुम्बिनी प्रदेश

संस्थापन
सभापति – भरत शाह (रुपन्देही)
उपसभापति – राजु खनाल (दाङ)
उपसभापति – सुधाकर पाण्डे (कपिलवस्तु)
महामन्त्री – जन्मजय तिमल्सिना (बर्दिया)
महामन्त्री – खिमान सिंह रायमाझी (प्युठान)
सहमहामन्त्री – लक्ष्मी नारायण शाह (बाँके)
सहमहामन्त्री – सरिता चौधरी (रुपन्देही)
सहमहामन्त्री– माया पुन (बाँके)

संस्थापन इतर समूह
सभापति– अमरसिंह पुन(रोल्पा)
उपसभापति– भुवन श्रेष्ठ (गुल्मी)
उपसभापति– अष्टभुजा पाठक (रुपन्देही)
महामन्त्री – विक्रम खनाल (नवलपरासी)
महामन्त्री – सुरेन्द्रराज आचार्य (कपिलवस्तु)
सहमहामन्त्री – खगराज पाण्डे (दाङ)
सहमहामन्त्री – विष्णु मुस्कान (अर्घाखाँची)
सहमहामन्त्री – निमा गिरी (प्युठान)

कर्णाली प्रदेश

पौडेल समूह
सभापति– भुपेन्द्रजंग शाही
संस्थापन समूह
सभापति– ललितजंग शाही

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board