माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति गठन

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जनका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि उनले जानकारी दिए ।राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु बनाइएको प्रवक्ता महराको भनाइ छ ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि उनले बताए ।प्रवक्ता महराले भने, ‘खास गरेर केन्द्रीय प्रतिनिधिको विषयमा हिजो जुन निर्णय गरेका छौँ, त्यसलाई प्रश्तावकै रुपमा कायम राख्दै अन्य थप केन्द्रीय प्रतिनिधिहरु पठाउने ठाउँहरु धेरै छन्, उनीहरु सबैलाई फेरि थप प्रस्ताव तयार गरेर अर्को बैठकमा ल्याउने गरी अध्यक्षलाई जिम्मा दिएको छ । प्रतिनिधिहरु छान्ने विषयमा पनि छलफल भएको छ ।

राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि छान्नको निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको संख्याको आधारमा कुन प्रदेशले कति गर्‍यो त्यसको आधारमा ठोस गर्ने भन्ने निर्णय गरिएको छ ।’त्यस्तै स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिहरुको प्रवेश शुल्क तोकेको छ ।

प्रवक्ता महराका अनुसार प्रत्येक पार्टी सदस्यलाई २ हजार प्रवेश शुल्क तोकिएको छ । त्यस्तै राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरु निर्माण गरिएको छ । हितमान शाक्यको नेतृत्वमा एउटा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ । प्रचारप्रसार उपसमितिमा कृष्णबहादुर महराको नेतृत्वमा अर्को उपसमिति बनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board