संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण


संयुक्त राष्ट्रसंघ, १७ मङ्सिर । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । यहाँका प्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो ।संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार यहाँका करिब २ लाख ८० हजार नागरिकलाई यस्तो सहयोग उपलब्ध गराइएको छ ।यो सहायताको कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायता उपलब्ध गराइएको भनेर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।यसअघि दुई हप्ता अघिमात्र पनि इरानले यहाँ २१ टनभन्दा बढी खाद्य सामग्री ल्याएको बताएको थियो । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए ।अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति