राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सर्‍यो

काठमाडौं, १७ मंसिर । तीन देशका प्रस्तावित राजदूतको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ । नेपाली कांग्रेसको सांसदहरु महाधिवेशनमा व्यस्त भएको लगायतका कारण देखाएर बैठक २० गतेलाई सारिएको हो ।

यसअघि मंसिर ५ गतेको बैठक पनि कोरम नपुगेर बस्न सकेको थिएन ।शुक्रबारको बैठकमा भारत, अमेरिका र बेलायतमा नियुक्तिका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ सुरु गर्ने भनिएको थियो ।

गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board