आज कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, १७ मंसिर । गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। यसको अन्तिम तयारीका लागि अहिले बिहान ९ बजेपछि बोर्डको बैठक बस्दै छ। कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको थियो। जसमा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमती भएको छ। गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति