काठमाडौं, १६ मंसिर । भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय राज्य कर्नाटकमा दुईजनामा ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएको हो। ४६ र ६६ वर्षका दुई पुरुषमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यसअघि आजै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक देखिएको थियो।त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि विशेष सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले सबै मुलुकलाई बिशेष आग्रह गरिसकेको छ। बुधबार अमेरिकामा ओमिक्रोनको पहिलो संक्रमण भेटिएको थियो। त्यसअघि जापान लगायत मुलुकमा पनि ओमिक्रोन संक्रमण देखिएको थियो।
भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
प्रतिक्रिया