काठमाडौं, १६ मंसिर । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ।समयमै विवादमा मिलाउन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो।बुधबार राप्रपा महाधिवेशन उद्घाटन भएको थियो। उद्घाटनको कार्यक्रम अगाडि नै मतदाता नामावली प्रकाशनको टुंगो लगाइने भनिएको थियो। तर, दुबै पक्षको विवाद नटुंगिँदा बुधबार रातिसम्म पनि मतदाता नामावलीको टुंगो लागेन।बिहीबार बिहानदेखि नै दुबै पक्षबीच छलफल भए पनि महाधिवेशन प्रतिनिधिबारे अन्तिम टुंगो लागिनसकेको एक नेताले बताए।
प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित
प्रतिक्रिया