माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं, १६ मंसिर । माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने उनले बताए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। सम्मेलनको तयारीस्वरुप यतिबेला माओवादी केन्द्र वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ। ‘आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति