आज प्रधानमन्त्री देउवा हेटौँडा जाँदै

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उद्घाटनसहित सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहान ११ बजे सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति