बुधबार ३१६ जना कोभिड संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१६ जना कोभिड(१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहायक प्रवक्ता डा। समीर अधिकारीले सो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ३५९ जना निको भएका छन् ।काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १५० जना संक्रमित थपिएका छन् । बुधबार थप तीनजनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६ हजार ९५४ छ ।पछिल्लो २४ घण्टामा २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार दैनिक संक्रमण पुष्टि हुने दर प्रति एकसय जनामा २।६ प्रतिशत छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board