अमेरिका चीनसँगको हाइपरसोनिक हतियारको दौडमा


काठमाडौं, १५ मंसिर । अमेरिकाको एयर फोर्स सेक्रेटरी फ्रान्क केन्डलले अमेरिका चीनसँग हाइपरसोनिक हतियार निर्माणको दौडमा सामेल भएको बताएका छन्। अहिले हतियारको प्रतिस्पर्धा चलिरहेकाले संख्या बढ्नुपर्छ भन्ने नभएपनि गुणस्तर जरुरी भएको र हतियारको प्रतिस्पर्धा केही समययता चल्दै आएको र चिनियाँले यसलाई निकै आक्रामकरुपमा अघि बढाएका केन्डलले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा बताए ।यस वर्ष अमेरिकाले पनि केही हाइपरसोनिक हतियार परीक्षण गरेको छ। जसमा केही सफल र केही असफल भएका छन्।। गत अक्टोबरमा अमेरिकी सेनाका जनरल मार्क मिल्लेले चीनले हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि गरेका थिए। विश्लेषकहरुले चीनको नयाँ हतियारलाई अमेरिकाको अहिलेको प्रणालीले रोक्न नसक्ने बताएका थिए। अहिले अमेरिका आफ्नो ध्यान हाइपरसोनिक हतियारमा केन्द्रित गरेर अघि बढिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलाई बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति