बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोपको बुस्टर डोज दिने


लण्डन,१५ मङ्सिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना देशका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने– सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए । उनलेअब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताए । उनले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था आउँदैन बताए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board