कांग्रेसको ६१ जिल्लामा अधिवेशन सम्पन्न : कुन जिल्लामा कुन पक्षका सभापति चुनिए ?

काठमाडौँ, १५ मंसिर । 


प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थप बलियो देखिएका छन्।

१४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म सार्वजनिक जिल्ला अधिवेशनहरूको परिणामले सभापति देउवा थप बलियो देखिएका हुन्।

१३ औँ महाधिवेशनमा जिल्ला नेतृत्वमा कमजोर देखिएको देउवा समूहले प्रारम्भिक नतिजामा अग्रता लिएको छ।नतिजा सार्वजनिक भएका विभिन्न ६१ जिल्लाहरुमध्ये ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन्।जसमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका नेताहरु २७ जिल्लाको नेतृत्वमा पुगेका छन्।६१ जिल्ला मध्ये १३ औँ महाधिवेशनबाट कांग्रेसमा ‘तेस्रो धार’ का रुपमा चिनिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन्।

संस्थापन समूह जिल्ला सभापति

१ गजेन्द्रप्रसाद तुम्याहाङ -ताप्लेजुङ
२ मोहनविक्रम सिंह -हुम्ला
३ पूर्णबहादुर तामाङ (कान्छाराम)- रामेछाप
४ ऐनबहादुर शाही-मुगु
५ खडक बोहरा-बझाङ
६ खमबहादुर गर्बुजा-म्याग्दी
७ शंकर गुरुङ – मनाङ
८ केशरबहादुर बिष्ट – सल्यान
९ं दीपेन्द्र शाही – डोल्पा
१० भीमबहादुर साउद – डडेल्धुरा
११ कर्णबहादुर शाही – जुम्ला
१२ बेदराज सिंह – जाजरकोट
१३ रुपनारायण जवेगु – पाँचथर
१४ डा। टकबहादुर गुरुङ – लमजुङ
१५ नरेन्द्र बहादुर सिंह – डोटी
१६ तेजेन्द्र खनाल – ओखलढुंगा
१७ युवराज जोशी – पर्वत
१८ किशोरदत्त बराल – कास्की
१९ डम्बर खड्का – इलाम
२० रामकृष्ण खाँण – रुपन्देही
२१ प्रेमप्रकाश वली – रुकुम पश्चिम
२२ जितेन्द्र श्रेष्ठ – ललितपुर
२३ तीर्थ लामा, – काभ्रे
२४ पदम बोगटी – कञ्चनपुर
२५ खड्क पोखरेल – सुर्खेत
२६ जीतप्रकाश आले – तनहुँ
२७ हिमाल कार्की – उदयपुर
२८ दुर्लभ थापा – भक्तपुर
२९ अरुणप्रकाश सिंह राठौर – बर्दिया
३० दिनेश राई – धनकुटा
३१ जाङ्बु शेर्पा
३२ पेम्बा छिरिङ तामाङ

संस्थापनइतर समूहका सभापति

१ दीपक खड्का – संखुवासभा
२ अम्मबहादुर शाही – कालीकोट
३ बर्मा लामा – दोलखा
४ रोमी गौचन – मुस्ताङ
५ शंकर डाँगी – दाङ
६ नन्दप्रसाद न्यौपाने – गोरखा
७ रामसिंह रावल – बाजुरा
८ केशव श्रेष्ठ, – अर्घाखाँची
९ विष्णुकुमार गिरी – प्यूठान
१० चतुरबहादुर चन्द – बैतडी
११ विनोद बान्तावा – भोजपुर
१२ अर्जुनबहादुर तुम्वाहाङ्फे – तेह्रथुम
१३ किशोर आचार्य, – रोल्पा
१४ विष्णुकुमार राई – खोटाङ
१५ ललितसिंह बोहरा – दार्चुला
१६ राजु थापा – स्याङ्जा
१७ हिमालदत्त श्रेष्ठ, – पाल्पा
१८अर्जुनकुमार पोखरेल–पश्चिम नवलपरासी
१९ मणिराम रेग्मी – दैलेख
२० अब्दुलकलाम – कपिलवस्तु
२१रमेश महत – नुवाकोट
२२ कृष्ण बानियाँ (सबुज ) – (काठमाडौं
२३ रामनाथ अधिकारी – धादिङ
२४ खिलध्वज पन्थी – गुल्मी
२५ केशरमान रोका – रुकुम पूर्व
२६ डिगबहादुर लिम्बू

सिटौला समूहका सभापतिहरू

१ देउमान थेबे – झापा
२ केदार भण्डारी – सुनसरी
३ जीत शेरचन – बाग्लुङ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति