झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला

दोलखा, १५ मंसिर । दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान २७ वर्षीय श्याम तामाङ, उनकी २५ वर्षीया श्रीमती अम्बिका र ५ दिने नाबालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।स्थानीयले ५ दिनकी सुत्केरी श्रीमती र नाबालक छोरालाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरुको धुँवाले निसास्सियर मृत्यु भएको बताएका छन् । प्रहरीले भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै मृत्युको कारण थाहा हुने बताएको छ । घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा उनीहरू मृत अवस्थामा फेला पारेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति