१५ औं सिजनका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुराना ८ टिमले २७ खेलाडी रिटेन

काठमाडौं, १५ मंसिर । १५ औं सिजनका लागि इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुराना ८ टिमले २७ खेलाडी रिटेन गरेका छन्। पुराना ८ टिमले २ देखि ४ जना खेलाडी आफैंसँग राखेका छन्। यसमा १९ जना भारतीय र ८ विदेशी खेलाडी छन्।सन् २०२२ देखि १० टिमले सहभागी जनाउने आईपीएलमा यस वर्षदेखि हरेक टिमलाई ९० करोडको बजेट सिमा तोकिएको छ।

महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रीत बुमराह, आन्द्रे रसेल, सुनील नारायण र ग्लेन म्याक्सवेललाई उनीहरूको पुरानो टिमले रिटेन गरेका छन्। तर यी २७ नाममा नपरेका केही उत्कृष्ट खेलाडीहरू रिलिज भएका छन्।केही खेलाडी आफैं अक्सनमा जानका लागि रिलिज भए।

गत संस्करण विजेता टोली चेन्नइै सुपर किंग्स (सिएसके) ले आगामी सिजनको आईपीएलका लागि चार खेलाडी रिटेन गरेको छ। उसले रवीन्द्र जडेजा १६ करोड, महेन्द्रसिंह धोनी १२ करोड, मोइन अली ८ करोड र ऋतुराज गायकवाडलाई ६ करोड र भारूमा रिटेन गरेको छ।

त्यस्तै, दिल्ली क्यापिटल्सले आईपीएल २०२२ को लागि चार खेलाडी रिटेन गरेको छ। उसले ऋषभ पन्त १६ करोड, पृथ्वी शा साढे ७ करोड, अक्षर पटेल साढे ९ करोड र एनरिक नोर्टजेलाई साढे ६ करोड भारूमा रिटेन गर्‍यो।

दिल्लीले श्रेयस अय्यर, शिखर धवन, कागिसो रबाडा, रविचन्द्रन आश्विन, स्टिभ स्मिथ, शिमरोन हेटमायर, अमित मिश्रालगायत चर्चित खेलाडीलाई रिलिज गरेको छ।

सनराइजर्स हैदराबादले आउँदो संस्करणको लागि तीन खेलाडी रिटेन गरेको छ। उसले केन विलियम्सन, अब्दुल समद र अरमान मलिकलाई रिटेन गरेको हो।

हैदराबादले विलियम्सनलाई १४ करोड भारू पारिश्रमिक दिने सहमतिमा रिटेन गरेको हो। गत सिजनमा उनले ३ करोड भारू पारिश्रमिक पाएका थिए । तर, आईपीएल २०२१ मा टिमको कप्तानी पाउने भएपछि विलियम्सनले पारिश्रमिक पनि राम्रो पाएका हुन्। त्यस्तै, हैदराबादले अब्दुल र मलिकलाई चाररचार करोड भारु दिने सहमतिमा रिटेन गरेको छ।उसले राशिद खान, डेविड वार्नर, जोनी बेयरिस्टो, मनिष पाण्डे, जेसन होल्डर, मोहम्मद नाबीलगायत खेलाडी भने अक्सनमा पठाएको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आगामी सिजन आईपीएलको लागि पूर्वकप्तान विराट कोहली, अलारउन्डर ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर मोहम्मद सिराजलाई रिटेन गरेको छ। रिटेन गरिएका कोहली र म्याक्सेवलको पारिश्रमिक भने घटाइएको छ। गत सिजनमा १७ करोड भारू पारिश्रमिक लिएका कोहलीले आगामी संस्करणमा भने १५ करोड पाउने छन् । त्यस्तै, म्याक्सवेल पनि मूल्य घटाएर बैंग्लोरमा बसेका छन्। गत सिजनमा उनलाई बैंग्लोरले अक्सनबाट १४ करोड २५ खर्चेर अनुबन्ध गरेको थियो। तर, बैंग्लोरले आईपीएल २०२२ मा भने म्याक्सवेललाई ११ करोड भारु पारिश्रमिक दिने भएको छ ।

त्यस्तै, आरसीबीले मोहम्मद सिराजलाई आगामी सिजनका लागि ७ करोड भारू दिनेछ। यस्तै आगामी सिजन आईपीएलको लागि राजस्थान रोयल्सले तीन खेलाडी रिटेन गरेको छ। उसले सञ्जु सामसन, जोस बटलर र यशस्वी जैसवाललाई रिटेन गरेको हो । सञ्जुलाई राजस्तानले आगामी सिजनका लागि १४ करोड भारूमा रिटेन गरेको हो भने बटलरलाई १० करोड र जैसवाललाई ४ करोडमा रिटेन गरेको हो।

राजस्थानले बेन स्टोक्स, जोफ्रा आर्चर, डेविड मिलर, क्रिस मोरिस, इभन लुईस, लियाम लिभिङस्टोनलगायत स्टार खेलाडीलाई भने रिलिज गरेको छ। अब यी खेलाडीहरू अक्सनमा जाने छन्। पन्जाब किंग्सले ओपनर मयंक अग्रवाललाई १२ करोड र अर्शदीप सिंहलाई ४ करोड भारूमा अनुबन्ध गरेको छ। पन्जाबले मयंक र अर्शदीपबाहेक अन्य सबै खेलाडीलाई फुकुवा गरेको छ। निवर्तमान कप्तान लोकेश राहुलले आइपिएलमा आउने नयाँ टोलीको कप्तानी गर्ने भएका छन्।

मुम्बईले कप्तान रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई रिटेन गरेको छ। रोहित शर्माले १६ करोड भारु पाउने भएका छन् । जुन यसअघिको एक सिजनको भन्दा एक करोड बढी हो । मुम्बईले जस्प्रित बुमराहलाई १२ करोड, सूर्यकुमार यादवलाई ८ करोड र काइरन पोलार्डलाई ६ करोड भारुमा अनुबन्ध गरेको छ। बुमराहको तलब ७ करोडबाट १२ करोड पुगेको हो।

कोलकाता नाइट राइडर्सले आईपीएल २०२२ का लागि सुनील नारायण, आन्द्रे रसेल, वरुण चक्रवर्ती र वैंकटेश अय्यरलाई रिटेन गरेको छ।नारायण र रसेल केकेआरका महत्वपूर्ण सदस्य हुन्। केकेआरका लागि लामो समयदेखि खेल्दै आएका नारायणलाई कोलकाताले ६ करोडमा राखेको छ भने रसेल १२ करोडमा अनुबन्ध भए। यस्तै कोलकाताका युवा खेलाडी अय्यर र चक्रवर्तीलाई टोलीले ८/८ करोडमा रिटेन गरेको छ।

कोलकाताले प्याट कमिन्स, दिनेश कार्तिक, इयोन मोर्गन, शुभमन गिल, नितीश राणा, शाकिव-अल-हसन जस्ता स्टार खेलाडीलाई भने रिलिज गरेको छ।

यस्तै सनराइजर्स हैदराबादले आउँदो संस्करणको आईपीएलका लागि तीन खेलाडी रिटेन गरेको छ। उसले केन विलियम्सन, अब्दुल समद र अरमान मलिकलाई रिटेन गरेको हो।हैदराबादले विलियम्सनलाई १४ करोड भारू पारिश्रमिक दिने सहमतिमा रिटेन गरेको हो । गत सिजनमा उनले ३ करोड भारु पारिश्रमिक पाएका थिए ।

त्यस्तै, हैदराबादले अब्दुल र मलिकलाई चारचार करोड भारु दिने सहमतिमा रिटेन गरेको छ।उसले राशिद खान, डेविड वार्नर, जोनी बेयरिस्टो, मनिष पाण्डे, जेसन होल्डर, मोहम्मद नाबीलगायत खेलाडी भने अक्सनमा पठाएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board