शपथ ग्रहणपछि ओलीले भने – हाम्रो पार्टीलाई बाह्य र आन्तरिक हमला भइरहेको छ


काठमाडौँ, १४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरेका छन् । १०औं महाधिवेशनको क्रममा विरोधीहरूले पार्टीका नेताहरूलाई उक्साएको र भड्काउन खोजे पनि सफल हुन नसकेको उनले बताए ।ुविरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकताबद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन, उनले भने ।

तर, कार्यकर्ता पंक्तिले इमान्दारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे ।साथै, पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । अध्यक्ष ओलीले मंगलबार महाधिवेशन समापन समारोहको क्रममा शपथ ग्रहणपछि यस्तो बताएका हुन् ।उनले अबको ३ महिनासम्म पार्टी प्रवेश अभियान चलाउने बताएका छन् ।

पार्टी एकीकरणको अभियान सञ्चालन गर्ने उनको भनाइ थियो । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उनले बताए ।महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उनले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिएका छन् । नेकपा एमालेको १०औं महाधिवेशन ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै चितवनको सौराहामा मंगलबार राति औपचारिक रुपमा सम्पन्न भएको छ । साथै, महाधिवेशनले १९ सदस्यीय पदाधिकारी चयन गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति