घमन्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन : अध्यक्ष ओली

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ नेतृत्व पंतिलाई बधाई दिएका छन् ।

मतपरिणाम घोषणा र सपथग्रहणपछि बोल्दै ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई ‘नेता झैं व्यवहार देखाउन’ आग्रह गरे ।

पार्टीका पुराना केन्द्रीय सदस्यहरुले नयाँ आएकाहरुलाई असल तौरतरिका सिकाउन पनि ओलीले दिर्नेशन दिए ।

उनले भने, ‘नयाँले उत्सुकता र जागरुकताका साथ सिक्ने काम गर्न जरुरी छ । नेता झैं व्यवहार गर्नुस । शालिनता र विनम्रताका साथ व्यवहार गर्नुस । घमण्ड र अहंकार छोड्नुस । अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन ।’ ओलीले आफूहरु जनताका सेवक भएको बताए । विनम्रताका सथा देश र जनताको सेवामा समर्पित हुनुपर्ने उनको भनाइ छ । ‘हरेक व्यक्तिहरुप्रति हामी सम्मानजनक सहिष्णुताका साथ हामी जान्छौं,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति