गोलघरदेखि एमाले अध्यक्षमा दुईपटक निर्वाचित ओलीको राजनीतिक जीवनी


काठमाडौं, १४ मंसिर । नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् । चितवनमा भएको दशौं महाधिवेशनमा उनी प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै पुनः चारबर्षे कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
२००८ सालमा तेह्रथुममा जन्मिएका ओली झापा आन्दोलनपछि चारवर्ष गोलघरसहित १४ वर्ष जेलमा बिताएका छन् ।
२००८ सालमा तेह्रथुममा जन्मिएका ओली झापा आन्दोलनपछि चारवर्ष गोलघरसहित १४ वर्ष जेलमा बिताएका छन् । उनको जन्म वि.सं२००८ फागुन ११
जन्म : २००८ फागुन ११
झापा बसाइ सराइ : २०२०
माक्र्सवादी अध्ययन दलमा संगठित : २०२३
पूर्णकालीन राजनीतिक कार्यकर्ता : २०२५
नेकपाको सदस्यता प्राप्त : २०२६
पटक पटक गिरफ्तार र रिहा : २०३० सम्म
भूमिगत : २०२७
झापा आन्दोलन संगठन कमिटीको प्रमुख : २०२८
राज्य विप्लव कार्यमा संलग्न, ४ वर्ष गोलघरसहित १४ वर्ष जेल ः २०३०
जेलबाट रिहा, लुम्बिनी इञ्चार्ज : २०४४
प्रजातान्त्रिक युवा संघ नेपालको अध्यक्ष : २०४७
प्रतिनिधि सभामा निर्वाचित : २०४८
विदेश विभाग प्रमुख : २०४९
पोलिट्ब्युरो सदस्य निर्वाचित : २०५०
मध्यावधि निर्वाचनमा झापा– २ बाट निर्वाचित : २०५१
गृहमन्त्री नियुक्त : २०५१
झापा–६ बाट प्रतिनिधिसभा निर्वाचित : २०५६
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री नियुक्त : २०६३
पहिलो संविधानसभामा पराजित : २०६४
आठौं महाधिवेशनमा अध्यक्षमा झलनाथ खनालसँग पराजित : २०६५
झापा–७ बाट संविधान सभा सदस्यमा निर्वाचित : २०७०
नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै निर्वाचित ः २०७१
प्रधानमन्त्री पदमा निर्वाचित : २०७२
प्रधानमन्त्रीबाट राजीनामा : २०७३
प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त : २०७४
प्रधानमन्त्रीबाट पदच्युत : २०७८
एमाले अध्यक्षमा भीम रावललाई पराजित गर्दै निर्वाचित : २०७८

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board