काठमाडौं, १४ मंसिर । अछाममा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसेनबाट कैलालीको टिकापुरका लागि छुटेको ना ६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।
प्रजिअ मल्लका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसेन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको छ।मृतकको पहिचान खुलिसकेको छैन।
अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रतिक्रिया