स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित


स्टकहोम, १४ मङ्सिर । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर उहाँलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले एक दिनमै राजीनामा दिनु परेको थियो । समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँको बजेट संसद्बाट पारित नहुने भएपछि उहाँले राजीनामा दिनु भएको थियो । त्यसअघि अर्थमन्त्री रहनु भएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुनुहुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति