१ सयवटा सार्वजनिक गाडीमा निःशुल्क जीपीएस डिभाइस जडान गर्ने

काठमाडौं, १४ मंसिर ।यातायात व्यवस्था विभागले १ सयवटा सार्वजनिक गाडीमा निःशुल्क जीपीएस डिभाइस जडान गर्ने भएको छ । जीपीएस भेइकल ट्र्याकिङ सिस्टम विकास भइसकेको र त्यसलाई पाइलट रुटमा परीक्षणका लागि १ सयवटा गाडीमा निःशुल्क जडान गर्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं–जनकपुर, काठमाडौं–वीरगञ्ज र काठमाडौं–पोखरा रुटमा चल्ने सार्वजनिक गाडीमा जीपीएस डिभाइस जडान गरिनेछ । आवेदन दिएका यी रुटका सवारीमध्ये पहिलो सय वटाले मात्र निःशुल्क डिभाइस जडान गर्न पाउनेछन् । सवारीधनीले आवेदन दि“दा सम्बन्धित यातायात व्यवसाय प्रमाणपत्र, सवारीसाधन दर्ता प्रमाणपत्र, सवारीचालकको नागरिकताको प्रमाणपत्र र सवारीचालक अनुमतिपत्र विभागमा पेस गर्नुपर्नेछ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमार्फत जीपीएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारीसाधनहरूको अनलाइन अवस्थिति अनुगमन गरिने जनाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board