विश्वको कान्छो गणतन्त्र मुलुक बन्यो बार्बाडोस

काठमाडौं, १४ मंसिर । बार्बाडोस विश्वको कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ। मंगलबार आफ्नो पहिलो राष्ट्रपति छान्दै राष्ट्रप्रमुखबाट बेलायती महारानी इलिजावेथ द्वितीयलाई हटाएर बार्बाडोसले करिब ४०० वर्षदेखिको बेलायतसँगको उपनिवेशको सम्बन्ध तोडेको छ।

बार्बाडोसको नयाँ राष्ट्रपतिको रुपमा सान्द्रा मासोन नियुक्त भएका हुन्। आफूहरुले नै यो मुलुकको भविष्य निर्माण गर्ने र आफूहरुनै एकअर्काको र मुलुकको रक्षक भएको मासोनले बताए । गणतन्त्र घोषणा कार्यक्रममा बेलायती राजकुमार प्रिन्स चार्ल्सले आफ्नो उपस्थितमा महारानीको सन्देश सुनाउँदै बार्बाडोस गणतन्त्र बन्नु नयाँ सुरुवातको मौका दिएको र कहालीलाग्दो अतीतबाट आएर अहिले बार्बाडोसका नागरिकले आफ्नो बाटो आफैं तय गर्न सक्षम भएको बताए। ५५ वर्षअघि बार्बाडोस स्वतन्त्र मुलुक बनेको थियो।

बेलायतका राजकुमारको भ्रमण साथै गणतन्त्र घोषणा कार्यक्रममा उनले दिएको भाषणले बेलायतले आगामी दिनमा पनि बार्बाडोससँगको मैत्री सम्बन्ध कायम राख्ने संकेत गरेपनि बार्बाडोसका केही नागरिकले भने बेलायतले उपनिवेश कालमा बार्बाडोसलाई गरेको शोषणको मूल्य भुक्तानी गर्नुपर्ने आवाज उठाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति